चैनपुर, ३० फागुन । खरबारीमा लगाएको आगो घरमा लाग्दा घर पुर्ण रुपमा क्षति भएको छ । संखुवासभाको चैनपुर नगरपालिका– ११ ओडारेमा एक घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो १ लागेको आगोले मीनबहादुर जिमीको घर जल्दा ३ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

Advertisement

आगलागीबाट करिब ३ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयले संखुवासभाले जनाएको छ । आगोलागीबाट जिमीको घरभित्र रहेको खाद्यान्य, लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको छ। आगोले कुनै मानवीय क्षति भने भएको छैन ।

आगो प्रहरी र स्थानीयबासीले २ घण्टापछि मात्र नियन्त्रण लिएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!