भद्रपुर, १५ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सवार हेलिकप्टर ताप्लेजुङ जिल्लामा आज दुर्घटना हुँदा हालसम्म तीन शव फेला परेको छ । ताप्लेजुङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीताकुमारी राईले सदरमुकाम फुङलिङबाट तीन घण्टाको पैदल दूरीमा हेलिकप्टर दुर्घटना भएको बताउनुभयो ।

Advertisement

उहाँले दुर्घटनास्थलमा तीन वटा जलेको शव फेला परेको र अरु विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो । शव डढेका कारण पहिचान हुन सकेको छैन । दुर्घटनास्थल फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ ।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडास्थित प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न हेलिकप्टर चढेर काठमाडौंबाट आज बिहान ८ बजे गएको थियो ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । हेलिकप्टरमा युवराज दाहाल, आङछिरिङ शेर्पा, वीरेन्द्र श्रेष्ठ र अर्जुन घिमिरे चढ्नुभएको बताइएको छ । चालक प्रभाकर केसी हुनुहुन्थ्यो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!