काठमाडौं, १५ फागुन। पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

Advertisement

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीबाट प्राप्त सूचना उदृत गर्दै गृहसचिव प्रेमकुमार राईले भने, ‘पाथीभराबाट चुहानडाँडा जाँदा हेलिकोप्टर क्र्यास भएको खबर आएको छ ।’
सचिव राईका अनुसार हेलिकोप्टरमा मन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना थिए ।

हेलिकोप्टर फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!