सुरुङ्गा, १४ फागुन । करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार कमल गाउँपालिका–५ निवासी सूर्यकुमार राईको घर बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका मंसुरीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!