उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो 

वि.सं. २०७५ साल माघ १३ गते। आइतबार। इश्वी सन् २०१९ जनवरी २७ तारिख। नेपाल संवत् ११३९ पोहेलागा। 

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
दिन मनोरञ्जनपूर्ण रहनेछ। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। तापनि, आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि काम बन्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले आफैंलाई अप्ठ्यारो पार्नेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। परिबन्धले अप्ठ्यारो पर्न सक्छ। आमाको माध्यमबाट काम बन्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। नयाँ तथा रचनात्मक काममा जुट्ने समय छ। मेहनतले प्रतिस्पर्धामा जित दिलाउनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउला। समयमा सजग नबन्दा सहयोगीहरू टाढिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। मेहनत गर्दा रोकिएको काम बनाउन सकिनेछ। दिगो फाइदा हुने कामको जिम्मेवारी हातलागी हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँगअसमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। पछि लाग्नेहरूले खर्च गराउनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। रकम हातलागी हुनेछ तर ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिबन्धले केही समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। मिहिनेतले आंशिक लाभ भने दिलाउनेछ। शुभचिन्तकहरूले पनि सहयोगको तत्परता देखाउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। तापनि, प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ र केही काम बन्नेछन्। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। पछि फाइदा दिने काम सम्पादन गर्न सकिनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!