लहान, २७ पुस । सिरहाको गोलबजार नगरपालिका–४ स्थित जय माँ धमिनी राइस मिलमा आज आगलागी हुँदा करीब रु ३० लाख मूल्य बराबरको क्षति भएको छ ।

Advertisement

गोलबजार नगरपालिकास्थित महेश साहले सञ्चालन गरेको सो मिलमा ड्रायर मेशिनमा धान सुकाउने क्रममा आगलागी हुँदा धान र मेशिन जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

आगलागी भएको जानकारी पाएलगत्तै प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोली, सशस्त्र प्रहरी बल, स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!