संगालोखबर संवाददाता

वि.सं. २०७५ साल मंसिर १५ गते। शनिबार। इश्वी सन् २०१८ डिसेम्बर १ तारिख। नेपाल संवत् ११३९ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– नवमी, १७:३५ बजेउप्रान्त दशमी। 

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नअाउन सक्छ। तापनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। दिउँसोदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा गुमेको अधिकार स्थापित गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
हतारको निर्णयले अप्ठ्यारो पर्नेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। मध्याह्नदेखि अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। मिहिनेत गर्दा सामान्य फाइदा हुनेछ तर आफन्तको भरपर्दा धोका हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिवश चिताएको काममा केही बाधा हुनेछ। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। साथीभाइ प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र शुभचिन्तकहरूसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम अरूका लागि खर्चनुपर्ला। बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। मध्याह्नदेखि चुनौती चिर्दै काम बनाउन सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। दिउँसोदेखि न्यायका लागि सजग रहनुपर्ला। आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्लान्। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतिस्पर्धाले कर्मयोगको मार्गमा अग्रसर गराउन सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।मध्याह्नदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला जगाउनेछ। पारिवारिक जमघटले आनन्दित भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमलाई सजिलै रकममा रूपान्तरण गर्न सकिनेछ। व्यापार तथा साझेदारीमा मनग्गे लाभ हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। मध्याह्नदेखि व्यवसायमा लागत बढ्नेछ भने अनियन्त्रित खर्चले मन पिरोलिन सक्छ। पछिका लागि केही त्याग गर्नुपर्ला। बलजफ्तीले काम रोकिन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पुराना कामको चर्चा भए पनि प्रतिस्पर्धाको दौडमा पछि परिनेछ। आफ्नैले काममा बाधा पुर्याउन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बनाउन सकिनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समय चुनौतीपूर्ण देखिए पनि लगनशीलताले अवसर दिलाउन सक्छ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। मध्याह्नदेखि पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले फाइदा दिलाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थिति अनुकूल नदेखिए पनि शुभचिन्तकहरूको साथले जिम्मेवारी प्राप्त हुन सक्छ। मिहिनेत गर्दा लगानी उठाउन सकिनेछ। आम्दानी कमजोर हुनाले कर्जा लिनुपर्ला। दिउँसोदेखि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। परिस्थितिवश योजना सम्पन्न गर्न समय लाग्नेछ। अवसरका विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। लगनशीलताले मात्र काम बन्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। दिउँसोदेखि परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला, फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्दा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। मध्याह्नदेखि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। साथीभाइको सहयोगले आयमूलक काम गर्न सकिनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement