काठमाडौं, ९ साउन । सरकारले निःशुल्क दिने भनेको औषधि अहिले सम्म पनि सबै स्थानिय तहमा पुग्न सकेको छैन ।

Advertisement

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. गुणराज लोहनी नियुक्त भए लगत्तै एक महिनाभित्र औषधि खरिद गरेर सबै स्वास्थ्य संस्थामा पुगिसक्ने बताए पनि अहिलेसम्म औषधि अभाव कायमै छ ।

हाम्रो डाक्टर सँग कुराकानी गर्दै डा. लोहनीले सबै स्वास्थ्य संस्थामा सरकारले दिने औषधि बाहेकका औषधि डाक्टरले बिरामीलाई लेख्दा त्यो औषधि नपाइएको बताए । तर, मुगु, ताप्लेजुंग, सोलुखुम्बु, बाजुरा, सप्तरी लगायत जिल्लाका स्वास्थ्य संस्थामा सरकारले दिने जीवन जल, सिटामोल, पेन्टाप्राजोल लगायतका औषधि अभाव भएको हो ।

निर्देशक लोहनीले भने, ‘सरकारले दिने ७० प्रकारका औषधि मध्ये एक आध औषधि पाइदैन होला तर अन्य सबै प्रकारका औषधि पाइन्छ ।’ उनले थपे ‘सरकारले दिने भनेका औषधि मात्रै सरकारले दिने हो, डाक्टरले आफ्नै मनले लेखेको औषधि पाइदैन ।’ डा. लोहनीले सरकारले कुन औषधि निःशुल्क दिन्छ भन्ने नै थाहा नहुँदा समस्या भएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!