काठमाडौँ, ५ असार । सरकार स्वेच्छाचारी बनेको भन्दै आन्दोलन थालेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको छ ।

Advertisement

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँशक्ति पार्टीका नेताहरुसँग छलफल गरेको  छ । राजपा अध्यक्ष मण्डलकाक सदस्य राजेन्द्र महतोले संवाद जारी रहेकाले ठोस निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

छलफलमा सभापति देउवाले डा. गोविन्द केसीसँगको मुद्दा मात्रै नभएर सरकार अधिनायकवादी बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकता औंल्याएका थिए । आजको कान्तिपुरमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!