काठमाडौँ, २९ असार । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको थियो ।
खोलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि हनुमन्तेमा भएको जानकारहरू बताउँछन् । खोलाको घर साँघु-याएपछि पानीको बहाव थेग्न नसकेको र नाघेर बस्तीतिर छिरेको ज्ञवाली बताउँछन् ।
‘बाँध बनाएर मात्र रोक्न सक्ने बाढी थिएन,’ उनले भने, ‘आजको बाढी माथिबाटै नदी ओभरफ्लो भएर बस्तीमा पसेको थियो ।’ हनुमन्ते खोला नगरकोटदेखि बग्ने र बिहीबार डुबेको खोला करिडोरलाई लो–ल्यान्डका रूपमा वर्गीकरण गरेर नगरपालिकाले घर बनाउन नक्सा नै पास नगर्ने गरेको उनको दाबी छ । तर, नक्सा पासविनै पनि गैरकानुनी रूपमा घरहरू बनाइएको ज्ञवाली बताउँछन् ।
२५ वर्षयताकै ठूलो बाढी
हनुमन्ते खोलामा २५ वर्षयताकै ठूलो बाढी आएको मध्यपुर ठिमी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए । ०५० मा हनुमन्ते खोलामा बिहीबार बिहानको जत्तिकै बाढी आएको उनले बताए । आजको नयाँ पत्रिकामा समाचार छ ।