काठमाडौँ, २८ असार । भारतीय राज्यसभामा सदस्यहरुले नेपाली र मैथिलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम बेंकैया नायडूले मंगलबार उक्त जानकारी दिएका हुन् ।
संसदको आगामी मनसुन सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौ सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायडूले बताएका छन् ।
आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारे। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।