काठमाडौँ, २७ असार । सरकारले चालू आर्थिक वर्षभित्रै खर्च गर्न दिएको सामाजिक सुरक्षा भत्ताबापतको रकम एक अर्ब ८५ करोड रुपैयाँ स्थानीय तहले वितरण गर्न नसकेको पाइएको छ ।

Advertisement

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको केन्द्रीय पञ्जीकरण विभागमार्फत स्थानीय तहमा पठाइएको ३९ अर्ब ७४ करोड रुपैयाँ निकासा गरिएकोमा ३७ अर्ब ८९ करोड मात्र खर्च भएको छ ।

राज्यले जेष्ठ नागरिक, दलित, लोपोन्मुख, एकल महिला, अशक्त एवं अपांगता भएका नागरिक, पिछडिएको क्षेत्र र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दे आएको छ ।

उनीहरुको सामाजिक एवं मानसिक विकासका लागि प्रदान गरिने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारले प्रदान गर्न नसक्दा एकातिर कोष तथा लेखा नियन्त्रणको कार्यालयमै सञ्चित भएर थन्किएको छ भने अर्कातिर भत्ता नपाएर दैनिक गुजारामा समेत असर परिरहेको छ  ।अन्नपूर्णमा समाचार छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!