लन्डन, २ असार । बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ ।

Advertisement

ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको भिसा रुट सहज बनाउन लागेको हो ।

सरकारले उसअघि ईयूबाहेकका मुलुकबाट चिकित्सक तथा नर्सहरु बेलायत आउनुपरे टियर टु अन्तर्गत आवेदन दिनुपर्थ्यो जसमा २० हजार ७ सय बार्षिक कोटा थिए ।

वर्तमान प्रधानमन्त्री टेरेना मे गृहमन्त्री छँदा आप्रवासी नियन्त्रणकै हिस्सा स्वरुप सन् २०११ मा उनले यो सीमा तोकेकी थिइन् ।

तर अब डाक्टर, नर्सहरुमा त्यो सीमा लागू नहुने भएपछि एनएचएसले हजारौं मेडिकल स्टाफ भर्ना गर्न सक्छ । आजको कान्तिपुरमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!