काठमाडौं, २१ जेठ । शनिवार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्इ फेरि भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ ।

Advertisement

स्वास्थ्यमा पुन गम्भीर समस्या देखिएछि आइतबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएकोमा अस्पतालले उनको उपचारमा सुधार हुन नसकेको बताएको थियो।

घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका थिए । मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरेलाई ९ जेठमा भारत लगिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!