सुरुङ्गा, झापा, २६ वैशाख । झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते बनाएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको होे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!