- संगालोखबर सम्वाददाता

धनकुटा, २६ बैशाख । धनकुटाको साँगुरीगढी गाउँपालिकामा बाटो खन्ने क्रममा लडेर एक बृद्धको मृत्यु भएको छ ।

Advertisement

साँगुरीगढी–१० का ७० बर्षिय निङ्ग्राबहादुर राईको बाटो खन्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ६ बजेतिर बाटो खन्ने क्रममा सडकबाट करिव १० मिटर तल खसेर राई गंभीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!