काठमाडौं, १७ माघ। बुधबार साँझ ५ :३२ देखि खग्रास चन्द्रग्रहण लाग्दै छ। चन्द्रग्रहण बेला खाना खान हुँदैन भन्ने पूर्वीय संस्कार छ। वैज्ञानिकहरूले भने ग्रहणमा खाना खाँदा के असर पर्छ? भन्ने पत्ता लगाइसकेका छैनन्।

Advertisement

‘ग्रहणमा खाने कि नखाने भन्ने तपाई केमा विश्वास गर्नुहुन्छ? भन्नेमा भर पर्छ,’ खगोलशास्त्री जयन्त आचार्यले भने, ‘हाम्रो संस्कारमा ग्रहण बेला खाना अशुद्ध हुने भएकाले खानु हुँदैन भन्ने छ, विज्ञानले खाँदा फरक पर्दैन भन्छ।’

हाम्रो संस्कारमा चन्द्रमाबाट आउने किरणले खानामा रहेका विषाक्त किटाणु मार्ने विश्वास छ। ग्रहण लाग्दा पृथ्वी चन्द्रमाले छेक्छ। चन्द्रमा किरण पृथ्वीसम्म आइपुग्दैनन्। ‘त्यसैले हामीले खाएको खानाले पाचन प्रणालीमा समस्या हुन्छ, भनिन्छ,’ आचार्यले भने, ‘विज्ञानले यसलाई अझै पुष्टि गरेको छैन।’

उनले संस्कारमा विश्वास गर्नेले ग्रहण बेला पकाएको पनि नखाने बताए। ‘ग्रहण लाग्दा पकाएको खाना पनि अशुद्ध मानिन्छ, कतिपयले त्यसलाई शुद्ध पार्न भाडोमा गाईको गोबर पनि राख्ने गर्छन्,’ आचार्यले भने, ‘यी सबै आस्थाका कुरा हुन् यसमा कुनै वैज्ञानिक कारण छैन।’

चन्द्रग्रहण कुन राशीले हेर्नु हुने/नहुने? भन्नेबारे पनि विज्ञानले कुनै आधार दिएको छैन।

‘सूर्यग्रहण बेला आँखामा समस्या हुने भएकाले सबैले हेर्नु हुँदैन, चन्द्रग्रहण हेर्दा आँखामा केही समस्या हुँदैन,’ आचार्यले भने, ‘यो पनि संस्कार र विज्ञानकै कुरा हो। संस्कारमा विश्वास गर्नुहुन्छ भने वृष, कन्या, तुला र कुम्भबाहेकका राशीले हेर्न हुँदैन। विज्ञानमा विश्वास गर्ने सबैले हेरे हुन्छ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!