मानिसकाे सबैभन्दा प्याराे चिज निन्द्रा नै हाे । दिनभरी कार्य ब्यस्तताका बावजुद बेलुका खाना खाएर अाफ्नाे अाेछ्यानमा पसेपछि जाे काेहि अारामले सुत्न र निदाउन चाहन्छन ।

तर सुत्नु मात्रै शरिरकालागि राम्राे कुरा होइन यसले स्वास्थ्यमा प्रतिकुल असर पारीरहेकाे हुन्छ कारण हाे सुत्नु अघि गरिने केही गल्ती जसले हाम्राे शरिरकाे ताैल बढन जान्छ । यहाँ डा . अवधेस मिश्राले सुत्नु भन्दा अघि गरीने गल्ती र यसबाट बच्न अपनाउनुपर्ने उपायकाे बारेमा केही जानकारीमुलक शन्देश दिएका छन ।

बेलुका खाना नखानुः दिनभरीकाे कामबाट थकान भएकाे शरिरलार्इ शक्ती प्रदान गर्न खाना अावस्यक पर्दछ तर शरिरकाे ताैललार्इ ध्यानमा राख्दै बेलुका खानाकाे सट्टा अरू नै प्रयाेग गरे ताैलमा कुनै समस्या अाउदैन । बिहान धेरै भाेक लागेपछि खाना खानु स्वभाविक हाे तर बेलुका खानाकाे सट्टा सलाद , दहि वा फलफुल खाने गरे मेटाबोलिजम स्लो हुन्छ र शरिरलार्इ स्वास्थ्य बनाउन पनि मदत पूर्याउछ ।

बेलुका धेरै काब्रोहाइड्रेट भएको खाना खानु : मानिसले खानामा ध्यान दिनु भनेकै बेलुकाकाे समयमा हाे । बेलुका पिज्जा, पास्ताजस्ता काब्रोहाइड्रेट भएको खाना नखाएकै बेस हुन्छ किनकी यस्ता खानामा  क्यालोरीकाे मात्रा धेरै हुन्छ । रातीकाे समयमा यस्ताे खाना खाए शरिरकाे ताैल संगै माेटाेपनपनि बढेर जान्छ तसर्थ प्राेटीन भएकाे खानेकुरा बेलुकाकाे लागि उपयाेगी बन्ने छ ।

धेरै खाना खानु : राती पाचन क्रिया स्लो हुन्छ । यसले क्यालोरी बर्न हुँदैन र शरिरमा फ्याट जम्मा हुन थाल्छ । के गर्ने ? टिभी हेर्दै खाना नखानुहोस् । प्रोटिन र तरकारी धेरै खानुहोस् ।

खानेबित्तिकै सुत्नुः यसो गर्दा शरिरको क्यालोरी बर्न गर्न र पाचनका लागि पर्याप्त समय पाइँदैन । के गर्नेः सुत्नुभन्दा ३ /४ घण्टा पहिले खाना खानुहोस् । खाना खाएपछि थोरै समयका लागि हिँड्नुहोस् ।

कफी वा रक्सी पिउनुः यसो गर्दा निन्द्रा नलाग्न सक्छ । एम्प्टी क्यालोरीले तौल बढ्न सक्छ । के गर्नेः एक कप ग्रीन टी पिउनुहोस् । गुलियो कुरा थोरै खानुहोस् ।

आइसक्रिम वा धेरै गुलियो खानेकुरा खानुः गुलियो खानेकुरामा धेरै क्यालोरी हुन्छ । यसले शरिरमा फ्याट जम्मा हुने गर्दछ ।के गर्नेः गुलियो खानेकुरा सकेसम्म कम खानुहोस् ।

राती अबेरसम्म जागा हुनुः प्रत्येक दिन ७ देखि ८ घण्टा नसुत्दा मेटाबोलिजम स्लो हुन्छ, फ्याट बर्न हुँदैन । भोक धेरै लाग्छ ।के गर्नेः एउटा निश्चित तालिका बनाउने । सुत्ने र उठ्ने समय फिक्स गर्नुहोस् ।

बेलुका धेरै तारेको, भुटेको खानेकुरा खानुः यसमा धेरै क्यालोरी हुन्छ । राती शरिरले यसलाई बर्न गर्न सक्दैन । के गर्नेः बेक्ड वा ग्रिल्ड  फुड खानुहोस् ।

डिनरपछि पनि स्न्याक्स खानुः यसो गर्नुभयो भने ओभरइटिङ हुन्छ । स्न्याक्टमा एम्प्टी क्यालोरी हुन्छ जसले तौल बढ्ने गर्दछ । के गर्नेः बेलुकाको खाना खाएपछि केही पनि खाने बानी छ भने यो बानी परिवर्तन गर्नुहोस् । सौफ वा अलैंची खानुहोस् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!