विराटनगर । कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा शुक्रबार दिउँसो आंशिकदेखि साधरणतया मौसम बदली रहने अनुमान गरिएको छ । राति भने कोशी प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा स्थानीय वायु, पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी, शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।