डलर फलाउने नेपालको अराविका कफी

डलर फलाउने नेपालको अराविका कफी

पोखरा, २३ भदौ । “नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन,” राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भन्नुभयो । उहाँका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग भएपनि हालको नेपालको उत्पादन वार्षिक ४६६ मेट्रिक टन मात्र छ, जसमध्ये ९६ मेट्रिक टन मात्र निर्यात ह...
बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

बिपीको १०५ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २३ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको बिरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्...
बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

बेगनास तालमा डुङ्गा दुर्घटना, दुईको मृत्यु, पाँच बेपत्ता

लेखनाथ, २३ भदौ । कास्कीको बेगनास तालमा आज डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । पोखरा महानगरपालिका–२८ कालीका घर भएकी ५२ वर्षीया कृष्णकुमारी बजगाईं र पोखरा–३१ बेगनास घर भएकी ३२ वर्षीया जमुना कँडेलको डुङ्गा दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाका प्रहरी निरीक्षक किरण रावतले जानकारी दिनुभयो । बजगाईंको लेखनाथ सामुदायिक लायन्स अस्पताल र कँडे...
तमोर नदीले बगाएर महिलाको मृत्यु

तमोर नदीले बगाएर महिलाको मृत्यु

धनकुटा, २३ भदौ । धनकुटाको मुलघाटस्थित तमोर नदीले बगाएर शनिवार बिहान एक महिलाको मृत्यु भएको छ । पुल नजिकै नुहाउँने क्रममा बिहान करिव १० बजे नदीले बगाउँदा धरान उपमहानगरपालिका–१४ बिजयपुरकी ५५ वर्षिया भीमाकुमारी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीले बगाएको स्थान भन्दा करिव दुई किलोमिटर तलबाट उनको शव निकालिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार...
अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना: सात जनाको मृत्यु

गोर्खा,२३ भदाै । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ क...
तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

तीजको दर खाँदा ५० जना भन्दा बढी बिरामी

बनेपा, २३ भदौ । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तय...
२०७५ भदौ २३ गते शनिबार/आजको राशिफल

२०७५ भदौ २३ गते शनिबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ २३ गते। शनिबार। इश्वी सन् २०१८ सेप्टेम्बर ८ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– चतुर्दशी, २५:४७ बजेउप्रान्त औंसी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। व्याहारिक समस्याले याेजना रोकिन सक्छ। कामकाे चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिन सक्छ। मि...
टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

टुरिष्ट गाइडको पारिश्रमिक वृद्धि गरिने

काठमाडौँ, २२ भदौ । पथ प्रदर्शकको छाता सङ्गठन टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान) ले टुरिष्ट गाइडको पारिश्रामिक वृद्धि गर्ने निर्णय गरेको छ । आज बसेको टुर्गान पदाधिकारीको आकस्मिक बैठकले टुरिष्ट गाइडले हाल खाइपाइ आएको पारिश्रमिकमा १ जनवरी २०१९ बाट लागू हुने गरी औषत ४० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको टुर्गानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पर्यटकलाइ दिने सेवासुविधाबापत टुरिस्ट गाइडले प...
निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

काठमाडौँ, २२ भदौ । कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई गत साता टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले सकी नसकी छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” समाजवाद उन्मुख संविधानको मर्मअनुसार अब निजी विद्यालय अस्तित्वमा रहन नहुने जिकिर गर्दै आउनुभएका डा वाग्लेले निःशुल्क शिक्षाको अधिकार प्राप्तिका लागि क...
नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

नेपालको आर्थिक समृद्धिमा दुई देश मिलेर अघि बढ्ने

काठमाडौँ, २२ भदौ । भारत भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ । आज अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेप...
जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, सुनामीको डर छैन

टोकियो, २२ भदौ । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको ज्यान गएको र अझै पनि अरू करिब २२ जना स्थानीय नागरिक बेपत्ता भएको जनाइएको छ । गत साता होक्काइदो वरपर शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि ज...
सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

सामुदायिक विद्यालय कर्मचारीद्वारा आन्दोलन घोषणा

काठमाडौँ, २२ भदौ । विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समितिले पेशागत अधिकार, सेवासुविधा र सुरक्षाको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । विद्यालय कर्मचारी सङ्गठन नेपाल र नेपाल विद्यालय कर्मचारी युनियन मिली बनेको समितिले प्रेस विज्ञप्ति जारी गरी सरकारले आफ्ना माग बेवास्ता गरी सुनुवाइ नगरेको जनाउँदै विद्यालय कर्मचारीको श्रम शोषणका विरुद्ध र पेशा रोजगारीको हक, मानवअधिकार एवं सर्वोच...
क्रिकेट टोली स्वदेश फिर्ता

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २२ भदौ । मलेसियामा सम्पन्न एशिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो । नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो । नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतगा यही भदौ १...
पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

पाँच दिने भ्रमणका लागि सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौँ, २२ भदौ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो । भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ । ल्हासामा रहँदा सभामुख महराले...
साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

साफ च्याम्पियनसीप: शनिबार नेपालको अग्निपरीक्षा

काठमाडौँ, २२ भदौ । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो । जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई ...
काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काभ्रेको पनौती नगरपालिकाद्वारा पाठापाठीको जन्मदर्ता गर्दै भैसीलाई सुत्केरी भत्ता

काठमाडौँ ।  स्थानीय तहहरुले बिभिन्न रचनात्मक कार्यहरु गर्ने होडबाजी चल्दै गर्दा काभ्रेको पनौती नगरपालिकाले पनि नयाँ अभियानको थालनी गरेको छ । नगरपालिकाले बाख्राको पाठापाठीको पनि जन्मदर्ता गर्ने भएको छ भने भैसीहरुलाई सुत्केरी भत्ता दिने निर्णय गरेपछि किसानहरु हर्षित बनेका छन् । काभ्रेको पनौती नगरपालिकाले आफ्नो तेस्रो नगरसभामा घोषणा गरे अनुसार पाठापाठीको जन्मदर्ता र सुत्केरी भैसीलाई प्रोत्साहन स्व...
सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

सुनसरीमा सुरक्षित गर्भपतन गराउने बढ्दै

इनरुवा, २२ भदौ । सुनसरीमा सुरक्षित गर्भपतन गराउनेको संङ्ख्या बढ्दै गएको छ । आइपास नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको हो । आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २९३ जनाले सुरक्षित गर्भपतन गराएको आइपास नेपालका मजबुल आलमले जानकारी दिए । जिल्लामा चार वर्षको तथ्याङ्कलाई हेर्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या क्रमश : बढ्दै गएको देखिएको छ...
नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

नेपाललाई चीनको सामुन्द्रिक बन्दरगाहसम्म पहुँच सुनिश्चित

काठमाडौँ, २२ भदौ । नेपालले अब तेस्रो मुलुकसँगको व्यापारमा चीनका बन्दरगाहलाई सहजरुपमा प्रयोग गर्न पाउने भएको छ । बिहीबार यहाँ सम्पन्न नेपाल र चीनका अधिकारीबीच भएको पारवहन सम्झौताको प्रोटोकल(कार्यविधि)को तेस्रो बैठकले सोसम्बन्धी मस्यौदालाई अन्तिम रुप दिएको हो । हाल नेपाल तेस्रो मुलुकसँगको व्यापारका लागि भारतको कोलकाता बन्दरगाहमा भर पर्दै आएको थियो । सहमतिपछि तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्...
साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौँ, २२ भदौ । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा म...
दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

दोब्बर काम गर्न कर्मचारीलाई प्रधानन्त्रीको निर्देशन

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निजामती कर्मचारीले अहिलेको भन्दा दोब्बर काम गर्ने ठाउँ रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिनुभएको छ । पन्ध्रौँ निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सकेसम्म आधा खर्चमा अहिलेको भन्दा दोब्बर काम गरेर जनतामा सेवा दिन निर्देशन गर्नुभएको हो । उहाँले भन्नुभय...
प्रविधिमैत्री बन्दै रत्ननगर

प्रविधिमैत्री बन्दै रत्ननगर

चितवन, २२ भदौ । रत्ननगर नगरपालिकावासीले अब घरमै बसीबसी नगरपालिकाका सेवा सुविधाबारे जानकारी लिन पाउने भएका छन् । उनीहरूले जनप्रतिनिधि र नगरपालिकाका शाखा प्रमुख कार्यालयमा छन्/छैनन् भन्नेबारे पनि घरबाटै जानकारी पाउनका साथै उनीहरू कार्यालय आएपछि सेवाग्राहीले चाहेमा आफ्नो मोबाइलमा कार्यालयमा आएको सूचना समेत पाउनेछन् । नगरपालिकाकाले मोबाइल एप्स तयार पारेर आज सार्वजनिक गरेसँगै नगरवासीले यो सुविधा पा...
बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरामा पहिलोपटक आन्द्राको सफल शल्यक्रिया

बाजुरा, २२ भदौ । बाजुरा जिल्ला अस्पतालमा पहिलो पटक आन्द्राको शल्यक्रिया गरिएको छ । गौमुल गाउँपालिका–५ की ३६ वर्षीया ऋतु रोकायाको आन्द्राको शल्यक्रिया गरिएकोे हो । डा दुर्गाराज महर्जन नेतृत्वको टोलीमा रहनुभएका डा टीकाराम राई, राजेश वर्मा, चुणामणि पन्त, सुनिता गुरुङ र यशोदा थापाले साढे चार घण्टा लगाएर आन्द्राको शल्यक्रिया गरिएकोे अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिनुभयो । उक्त ...
नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

नागरिकलाई घरदैलोमा पुगेर सेवा दिन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै एक्काइसौँ शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवकमा आह्वान गर्नुभएको छ । ‘नतिजामुखी प्रशासन: समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएकोे ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा उहाँले सम्पूर्ण निजामती राष्ट्रसेवकको सुस्वास्थ्य तथा पेशागत अभ...
ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

चितवन, २२ भदौ । पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपा...
रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

रामधुनीलाई ‘रामायण सर्किट’मा जोड्न पहल

धरान, २२ भदौ । भारतको पर्यटन मन्त्रालयले स्वदेशका १५ धार्मिकस्थललाई ‘रामायण सर्किट’मा जोड्ने अवधारणा ल्याएसंगै सुनसरीको रामधुनीलाई त्यसमा समेत समावेश गर्न रामधुनी बाबा वन्खण्डी मन्दिर गुठी व्यस्थापन समितिले पहल गर्न थालेको छ । त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलङ्काका धार्मिकस्थललाई एउटै मार्गले जोड्न भारतले ‘रामायण सर्किट’को अवधारणा ल्याएकामा गत वैशाखमा भारतीय प्रधानमन्त्री मोदी ...
अस्पतालमा छोरी घर पुग्दा छोरा !

अस्पतालमा छोरी घर पुग्दा छोरा !

काठमाडौँ, २२ भदौ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना भइन् । भने छोरीलाई अलग्गै भवनमा राखियो । बेलुकी एसएनसियुबाट छोरीलाई दुध खुवाउन भन्दै उपचारमा संलग्न चिकित्सकले कालीकी आमा दिलु बोहरालाई बच्चा दिए । कालीले दुध खुव...
मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

मलेसियामा कामदारको पारिश्रमिक वृद्धि

काठमाडौँ, २२ भदौ । मलेसियाले कामदारको न्युनतम पारिश्रमिकमा वृद्धि गरेको छ । मलेसियाली प्रधानमन्त्री कार्यालयले बुधबार एक विज्ञप्ती जारी गर्दै मलेसियाका सबै निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारका लागि आगामी वर्षको जनवरीदेखि लागू हुने गरी ५० रिंगिट वृद्धि गर्ने निर्णय गरेको जानकारी दिएको छ । यो निर्णय पूर्ण रुपमा लागू भएमा आगामी वर्षदेखि यहाँ कार्यरत नेपाली कामदारले न्यूनतम मासिक पारिश्रमिक १०५...
बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिधुत् खरिद गर्ने

काठमाडौँ, २२ भदौ । बंगलादेश सरकारले आगामी २२ बर्षभित्र नेपालबाट ९ हजार मेगावट विधुत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको उर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विधुत् लैजाने योजना रहेको उल्लेख गरेको हो । उर्जा जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको उर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको यो...
डलर भाउले महँगिदै दशैं !

डलर भाउले महँगिदै दशैं !

काठमाडौँ, २२ भदौ ।  अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि ताकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र विक्रि दर ११...
सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

सातै प्रदेशमा आयुर्वेद अस्पताल खोलिँदै

काठमाडौँ, २२ भदौ । सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल निर्माण गर्ने योजनाअनुसार सरकारले प्रक्रिया अगाडि बढाएको हो । चिकित्सा विद्यामा आयुर्वेद ओझेलमा परेको भन्दै सरकारले सो विद्यालाई पहिलो प्राथमिकतामा राखेको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर...
२०७५ भदौ २२ गते शुक्रबार/आजको राशिफल

२०७५ भदौ २२ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ २२ गते। शुक्रबार। इश्वी सन् २०१८ सेप्टेम्बर ७ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– द्वादशी, ६:३४ बजेदेखि त्रयोदशी, २८:०८ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हतारको निर्णयले तत्काललाई काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। अरूक...
error: Content is protected !!