मंगलबार, बैशाख १०, २०७६
काठमाडौँ, १० बैशाख। वैज्ञानिकहरूले ‘केप्लर–४७ डी’ नाम दिइएको नयाँ ग्रह पत्ता लगाएका छन् । यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ ।
नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् । यो खोजीबारेको अध्ययनपत्र ग...