मंगलबार, फाल्गुण १७, २०७३
न्युयोर्क – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई नागरिकलाई पर्यटकको रुपमा चन्द्रमाको वरिपरी घुम्नका लागि पठाउने बताएको छ ।
पर्यटकहरुले यसअघिनै ‘उल्लेख्य मात्रामा आवश्यक रकम’ प्रदान गरेको बताउँदै स्पेसएक्सका सिइओ एलन मस्कले सन् २०१८ को अन्त्यतिर उनीहरुलाई चन्द्रमामा पठाइने बताएका हुन् ।
‘यसले ४५ वर्षपछि मानिसहरुलाई अन्तरिक्ष फेरि पठाउने अवसर प्रदान गर्नेछ,’ उनले भने ।
नाम सार्वजनिक नगरिएका...