ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !

ईलाममा आफ्नै बाबुद्धारा १२ बर्षीया छोरीको बलात्कार !
ईलाम, ८ जेठ।  ईलाममा १ जना निर्दयी बाबुले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका छन् । ईलाम नगरपालिका ९ गोलखार्कका ३० बर्षिय सुर्यमान बस्नेतले आफ्नै १२ बर्षीया छोरीको बलात्कार गरेका हुन् । घटनामा संलग्न सुर्यमान बस्नेतलाई प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र

सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र
काठमाडाैँ,६ जेठ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका सबै निकायमा कार्यालय समय अवधिभर सामाजिक सञ्जाल चलाउन नपाइने भएको छ । आइतबार मन्त्रालय मातहतका सबै निकायलाई कार्यालय अवधिभर फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नचलाउन कर्मचारीलाई मन्त्रीको निर्देशनसहितको पत्र पठाउन लागिएको छ । मन्त्रालयमातहतका निकायमा गरेको छड्के अनुगमनमा कर्मचारीहरु फेसबुक चलाएर बस्ने र रेस्लिङ हेरेर बस्ने फेला परेका...

विराटनगरको भारतीय फिल्ड अफिस हट्छः प्रधानमन्त्री ओली

विराटनगरको भारतीय फिल्ड अफिस हट्छः प्रधानमन्त्री ओली
काठमाडौं,६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस हट्ने बताएका छन् । ‘विराटनगरको भारतीय फिल्ड अफिस जुन उद्देश्यका लागि बनाइएको थियो, त्यो पूरा भइसकेको छ,’ पार्टी एकीकरणपछि संसदीय दलको पहिलो बैठकलाई शनिबार सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले भने, ‘खासमा त्यो अफिस पहिला नै हट्नुपर्दथ्यो, अब छिट्टै हट्छ । ’प्रधानमन्त्री ओलीले १९५० को सन...

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने संकेत
काठमाडौँ, ४ जेठ । बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी अटेरी गर्दै आएको निगमले पछिल्लो ३ महिनामै ४ पटक मूल्यवृद्धि गरिसकेको छ । पेटोलियम पदार्थमा मूल्यवृद्धि हुँदा समग्र उपभोक्ता मुद्रास्फीतिमा चाप पर्छ । अन्तरष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगाता...

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा

भारतीय दूतावासले राखेको थियो स्वरूप बिग्रिएको झन्डा
काठमाडौँ, ३ जेठ । भारतीय प्रधानमत्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका वेला जानकी मन्दिर परिसरको मञ्चमा स्वरूप बिग्रेको नेपालको राष्ट्रिय झन्डा भारतीय दूतावासले राखेको खुलेको छ । भारतीय सुरक्षाकर्मीले मञ्चको दायाँ–बायाँ दुई देशका झन्डा राखेका थिए । जानकी मन्दिर प्रांगणमा रामायण सर्किटको शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्चको दक्षिणपट्टि भारतको र उत्तरपट्टी नेपालको झन्डा राखिएको थियो । प्रधानमन्...

एमाले–माओवादी पार्टी एकता आज हुँदै, यस्तो छ कार्य तालिका

एमाले–माओवादी पार्टी एकता आज हुँदै, यस्तो छ कार्य तालिका
काठमाडौँ, ३ जेठ । दुई ठूला वाम दल एमाले र माओवादी आज (बिहीबार) एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसका अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । आन्तरिक छलफल र पार्टी एकता संयोजन समिति बैठकबाट सबै प्रक्रिया पूरा गरी बिहीबारै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।बुधबार बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्र...

जग्गा प्लटिङमा रोक

जग्गा प्लटिङमा रोक
काठमाडौँ, २ जेठ । सर्वोच्च अदालतले कृषियोग्य जमिन प्लटिङ गर्न नपाइने ठहर गरेको छ । सर्वोच्च यस्तो फैसलासँगै भूमिसुधार तथा व्यवस्था मन्त्रालयले नौ महिनाअघि गरेको प्लटिङ रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ । मन्त्रालयले २०७४ साल साउन २७ गते जग्गा कारोबार गर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीले कृषियोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री वितरण, कित्ताकाट गर्न नपाइने निर्णय गरेको थियो । ...

अब बिहे नगरे पनि बच्चा जन्माउन पाइने

अब बिहे नगरे पनि बच्चा जन्माउन पाइने
काठमाडौँ,२ जेठ । संसारभरका महिला अधिकारकर्मीले उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर आफ्नै हक । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको निर्णयविरुद्ध कडा चुनौती पनि हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ । नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानूनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गर...

भारतबाट १८ अर्बको बिजुली खरिद

भारतबाट १८ अर्बको बिजुली खरिद
काठमाडौँ, २ जेठ । स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजु...

१३ वर्षीय सुत्केरी ममतालाई छोरी पाएको भन्दै घरनिकाला

१३ वर्षीय सुत्केरी ममतालाई छोरी पाएको भन्दै घरनिकाला
सिराहा, १ जेठ। बाह्र वर्षमा विवाह भएर १३ वर्षमै छोरीलाई जन्म दिएकी सिराहा गोलबजारकी ममता मरिकको बिचल्ली भएको छ । छोरी जन्माएको भन्दै एक महिनाकी सुत्केरीलाई परिवारले घरनिकाला गरेको छ। सप्तरीको गढीगाउँपालिका–७ का गुमन मरिककी छोरी ममताको एक वर्षअघि सिराहा गोलबजार घर भएका २७ वर्षीय प्रकाश मरिकसँग विवाह भएको थियो । ममताले १३ वर्षकै उमेरमा एक महिनाअघि छोरीलाई जन्म दिएकी थिइन् । प्रकाशको ममतासँग दोस्...
error: Content is protected !!