नर्सहरुको आन्दोलन स्थगित

नर्सहरुको आन्दोलन स्थगित
काठमाडौँ, ४ माघ। सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन आजबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिनुभयो । मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका दुई जना नर्स...

एक हजार बिरामीको स्वास्थ्य परीक्षण

एक हजार बिरामीको स्वास्थ्य परीक्षण
विराटनगर, ४ माघ। नेपाल होमियोपैथिक चिकित्सक संघले सुनसरीको बर्जु गाउँपालिकाको अमडुवामा स्वास्थ्य शिविरको आयोजना गरेको छ । डा टिएन रायको ४१ औँ पुन्यतिथिको उपलक्ष्यमा बुधबार सम्पन्न स्वास्थ्य शिविरमा संघले निःशुल्क मोतियाबिन्दु, कान, दातलगायतका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको छ । होमियोपैथिक चिकित्सा पद्धतिबाट आँखा, कान, दातलगायतका एक हजार बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएकोे...

स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण

स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण
तेह्रथुम, ४ माघ। जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका छवटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताउनुभयो । स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य...

विपन्नलाई उपचार सहायतामा पक्षपात

विपन्नलाई उपचार सहायतामा पक्षपात
काठमाडौं, ४ माघ। सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा आर्थिक सहायता दिने वेला विपन्न नागरिकलाई पनि सोहीअनुसार दिने तयारी सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयमै फाइल हराएपछि त्यस्तो व्यवस्था नगरिएको मन्त्रालयको व्यवस्थापन महाशाखाले जनाएक...

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा शुरु
भक्तपुर, ३ माघ। मानव अंग प्रत्यारोपण केन्द्रले आजबाट क्याथ ल्याब शुरु गरेको छ । केही महिनाअघिबाट मुटु परीक्षण सेवा सञ्चालन गरेको केन्द्रले मुटुको परीक्षणसँगै बन्द मुटुको नशामा खुलाउने एनजिओग्राफी र एनजिओप्लाष्टी एवं मुटुमा जाली हाल्नेलगायतका मुटुसँग सम्बन्धित सेवा शुरु गरेको हो । केन्द्रले वरिष्ट मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको नेतृत्वमा मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुरसहित ११ जनाको...

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए

तीन घण्टा काम छाडेर नर्सले विरोध जनाए
काठमाडौँ, १ माघ।  पुनःस्थापना लगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले आज तीन घण्टा काम छाडेर विरोध जनाएको छ । स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट लामो समय स्वयंसेविका रुपमा काम गराएर निष्काशित गरिएको नर्सको पुनःस्थापना लगायतका ११ बुँदे माग राखी नेपाल नर्सिङ संघले गत पुस २७ गतेबाट देशव्यापीरुपमा चरणबद्ध आन्दोलनमा ओर्लिएको...

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा
पोखरा, १ माघ। कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् । बीमा दर्ता गरेबापत समितिले रु तीन करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सो अवधिमा बीमा दर्त...

डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै

डडेल्धुरामा निमोनियाका बिरामीको संख्या बढ्दै
डडेल्धुरा, २८ पुस । चिसो बढेसँगै उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा निमोनियाबाट प्रभावित बिरामीको संख्या बढिरहेका छन् । अस्पतालका अनुसार अहिले दैनिक १ सय २० जनाभन्दा बढीको संख्यामा निमोनियाका बिरामी अस्पतालमा उपचार गर्न आउन थालेको पछिल्लो तथ्यांकले देखाएको छ । ५० शैयाको अस्पतालमा बिरामीको चाप बढेपछि बेडबाहिरै राखेर उपचार गर्नुपरेकोे जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन प्रमुख ड.जितेन्द्र कँडेलल...

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्यो नयाँ रणनीति
  काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ । राष्ट्रिय स्वास्थ्य शिक्षा...

जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि

जिल्ला अस्पतालमा छैन निःशुल्क औषधि
लमजुङ, २८ पुस । जिल्ला अस्पताल लमजुङमा दुई महिनादेखि निःशुल्क औषधि छैन । सरकारले औषधि खरिदको बजेट नपठाउँदा निःशुल्क दिनुपर्ने ७२ प्रकारका औषधि सकिएको हो । अस्पतालमा मंसिरदेखि नै निःशुल्क औषधिको अभाव भएको प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । यो वर्ष औषधि खरिदको बजेट नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको देवकोटाले बताए । उनले भने, ‘स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला...
error: Content is protected !!