चानुवामा निःशूल्क स्वास्थ्य शिविर
धनकुटा, २६ असार । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा पाठेघर र आङ्ग खस्ने रोग सम्वन्धी एकदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विजयपुर हस्पिटल प्रा.लि. धरानको प्राविधिक सहयोगमा सामुदायिक सचेतना र विकासका लागि महिला समूह धनकुटाले शिविर सञ्चालन गरिएको हो ।
स्वास्थ्य शिविर उद्घाटन गर्दै सांसद अञ्जना ताम्लीले विभिन्न रोगको पूर्व लक्षणवारे जानकारी नहुनु र जानकारी भएपनि समयमै उपचार...