अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने

अब शिक्षक बन्न विषयगत अध्यापन लाइसेन्स चाहिने
शिक्षक सेवा आयोगले शिक्षक बन्न विषयगत अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गर्न लागेको छ । कक्षा ६ भन्दा माथि अध्यापन गर्ने शिक्षकले विषयगत रूपमा अनुमति लिनैपर्ने गरी आयोगले तयारी सुरु गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले विज्ञहरूसँग छलफल गरी विषयगत लाइसेन्सको व्यवस्थापन गर्नुपर्ने अवधारणापत्र पेस गरेका हुन् । शिक्षाक्षेत्रका...

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै यसरी हुन्छ मानव तस्करी
पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन् । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, त...

केन्याका डान्सबारमा नेपाली युवती: गुनासोसहित आयो यस्तो म्यासेज

केन्याका डान्सबारमा नेपाली युवती: गुनासोसहित आयो यस्तो म्यासेज
अफ्रिकी मुलुक केन्याका डान्स बारमा नर्तकी र यौनकर्मीका रुपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरुले कात्तिक २३ मा न्युरोडबाट ललितसिंह सुवाललाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । युवतीको खोजीमा कात्तिक दोस्रो साता कविता नाम गरेकी भारतीय मूलकी केन्याली महिला काठमाडौं आएकी थिइन् । केन्याका डान्सबारमा युवती प...

२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

२ सय नेपाली विद्यार्थी समस्यामाः बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा
मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एन्ड डेन्टल काउन्सिल (बिएम एन्ड डिस...

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन

यसरी रहनेछन् मतपेटिकाः सुरक्षाकर्मीलाई मतपेटिका नचलाउन निर्देशन
पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका मतपेटिका १२ दिनसम्म कडा सुरक्षाघेरामा राखिने भएको छ। उक्त अवधिमा राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिले पनि मतपेटिका रुंग्नुपर्ने भएको छ। मतपेटिकाको सुरक्षाका लागि मतदानपछि लगाइएका प्रत्येक सिलमा नम्बर छ। आयोगका प्रवक्ता सहसचिव नवराज ढकालका अनुसार एउटा मतपेटिकामा ५ देखि ८ सिल छन्। ‘प्रत्येक सिलको नम्बर गणनापछि मतपेटिका बन्द गर्ने बेलाको मुचुल्कामा लेखिएको...

शून्य डिग्री छिचोल्दै मतदान: भोट हाल्ने दिन कुर्दै छिमेकी गाउँमा

शून्य डिग्री छिचोल्दै मतदान: भोट हाल्ने दिन कुर्दै छिमेकी गाउँमा
चिसो थेग्न नसकेपछि उपल्लो मुस्ताङवासी भोट हाल्ने दिन कुर्दै डोल्पाको छिमेकी गाउँमा बसेका छन् । कर्णालीका ३ सय ७७ मतदान केन्द्रमध्ये कालिकोटबाहेक ३० केन्द्रमा हिउँँ जमेको छ । मनाङ, मुस्ताङ र गोरखाका हिमाली क्षेत्र अधिकांशमा तापक्रम शून्य डिग्री झरेको छ । हिमाली मतदाताले आइतबार हिउँँले पुरिएको बाटो छिचोल्दै मतदान गर्दैछन् । प्रदेश ६ को कर्णाली क्षेत्रका उच्च हिमाली भेगमा केही दिनअघि हिउ...

यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन

यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन
सरकारले प्रदेश सभा बस्ने र प्रदेश सरकारका लागि आवश्यक कार्यालय भवनको खोजी गर्न थालेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारी खटाएर सातवटै प्रदेशमा तत्काल आवश्यक पर्ने भवनको खोजी तीव्र पारिएको छ । दुई चरणमा हुने निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर आउन अब एक महिना पनि बाँकी छैन । तर, सरकारले प्रदेश सभाका जनप्रतिनिधिलाई शपथ खुवाउने, प्रदेश सभा बस्ने र प्रदेशका कार्यालय राख्ने भवन...

एड्सका कारण ११३ जनाको मृत्यु

एड्सका कारण ११३ जनाको मृत्यु
बाँके, ९ मंसिर । एड्सका कारण बाँकेका १ सय १३ जना एचआइभी संक्रमितको मृत्यू भएको छ । आर्थिक वर्ष २०७३/०७४ असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआइभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा तेस्रो लिङ्गीमा समेत एचआइभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआइभी/एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिङ्गी, ५३५ पुरुष र ४१४ जना महिलालाई एच...

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु
रुकुम, ९ मंसिर । रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएको छ । मृत्यु भएका प्रहरी निरीक्षकद्वय नवीन श्रेष्ठ र अनित प्र...

७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित

७७ जिल्लाको निर्वाचनमा ६४ हजार सैनिक परिचालित
निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ । त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा राखिएका छन् । सेनाले जम्मा ६४ हजार २० जनाको फौज खटाएको छ । यो कुल सैनिक संख्या ९६ हजार पाँच सयको करिब ६६ प्रतिशत हो । ‘हर...
error: Content is protected !!