अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ

अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ
काठमाडौं, २० चैत । चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्‍याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको छ। पूर्वाञ्चल विश्वविद्यालयसँगको मिलेमतोमा कलेजले अध्यापन सुरु गर्दै आएको हो। कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्र्से बिएन विषयको पठनपाठन गर्दै आएको छ। नर्सिङ शिक्षण स...

विद्यार्थी तान्न स्कुलको ‘ब्राण्ड’ चोरी

विद्यार्थी तान्न स्कुलको ‘ब्राण्ड’ चोरी
काठमाडौं, १९ चैत। निजी विद्यालयले पछिल्लो समय विद्यार्थी आकर्षित गर्न स्थापित भइसकेका पुराना स्कुलसँग नाम जुधाएर नयाँ खोल्ने प्रवृत्ति मौलाउँदै गएको छ। विद्यार्थी तान्ने नाममा अर्काको ‘ब्रान्ड’ चोरेर विद्यालय खोलिँदा पहिले नै स्कुल खोलेर चिनिएका वा स्थापित भइसकेका विद्यालय मारमा पर्छन् नै, सँगै विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थी र परीक्षार्थी समेत आफूले अध्ययन गर्ने सक्कली शैक्षिक संस्था कुन्...

ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिकद्वारा आत्महत्या

ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिकद्वारा आत्महत्या
काठमाडौं, १९ चैत।  वीर अस्पतालको ट्रमा सेन्टरबाट हामफालेर एक जना विदेशी नागरिकले आत्महत्या गरेका छन् । वर्ष ५२ का जोन नाम गरेका अमेरिकी नागरिकले आत्महत्या गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार म्याद सकिएको पास्पोर्ट बोकेर नेपाल आएका बेला अध्यागमन विभागले पक्राउ गरेको थियो । उनले पहिला पनि पटकपटक आत्महत्याको प्रयाश गरेको बताएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको नयाँ पत...

भारु नोट साटिने सम्भावना न्यून

भारु नोट साटिने सम्भावना न्यून
काठमाडौं, १९ चैत । भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध गरिएको डेढ बर्ष भइसक्दा पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन । नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटक पटक प्रयास भए पनि भारतीय पक्षले महत्व नदिएपछि ती नोट नसाटिएका हुन् । नेपालमा करिब ८ करोड रुपैयाँ बराबर प्रतिबन्धित भारु नोट रहेका छन् । समाचारमा लेखिएको छ, भारतले आफ्ना नागरिक र भुटानसँग रहेका सबै प्रतिबन्धित भारु सटही गरि...

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत
काठमाडौं, १८ चैत। सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएक...

मुख्य ३ पार्टीमा नेतृत्व हाबी, देशकै लागि खतराको संकेत

मुख्य ३ पार्टीमा नेतृत्व हाबी, देशकै लागि खतराको संकेत
काठमाडौं, १८ चैत ।  प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रमा ‘मूल नेतृत्व’ शक्तिशाली देखिएको छ। पार्टीभित्रका प्रतिपक्षी नेता कमजोर देखिएका कारण अध्यक्ष/सभापति सर्वशक्तिमान देखिएका हुन्। आफूअनुकूल निर्णय लिन उनीहरूलाई अहिले पार्टीभित्रै चुनौती दिने कुनै नेता देखिएका छैनन्। वैचारिक/राजनीतिक पक्षमा प्रजातान्त्रिक, लोकतन्त्रवादी भनेर व्याख्या गरिए पनि पार्टीभित्रको वैचारिक बहसदेखि निर्णय ...

निजी विद्यालयमा लुट, कक्षा १ मा भर्ना गर्न ८८ हजार !

निजी विद्यालयमा लुट, कक्षा १ मा भर्ना गर्न ८८ हजार !
काठमाडौं, १८ चैत । नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् । स्थानीय तहमा शिक्षासम्बन्धी ऐन नबनेका कारण शुल्क निर्धारण प्रक्रिया ठप्प छ । यसै अवस्थाको फाइदा उठाउँदै निजी विद्यालयहरुले आफूखुसी शुल्क अ...

भारतमा नेपाली किशोरी तस्करी, पाँच वर्षमा ५००% ले वृद्धि

भारतमा नेपाली किशोरी तस्करी, पाँच वर्षमा ५००% ले वृद्धि
काठमाडौं, १८ चैत । भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा मानव तस्करी’ विषयमा गरेको अध्ययनले नेपालबाट भारतमा किशोरीको तस्करी भयावह देखा...

तजबिजीमै हजारौंलाई जागिर : तलब भत्तामै सकिन्छ वार्षिक साढे ५ अर्ब

तजबिजीमै हजारौंलाई जागिर : तलब भत्तामै सकिन्छ वार्षिक साढे ५ अर्ब
काठमाडौं, १८ चैत । निजामती सेवाका उच्च ओहोदामा रहेका हाकिमले करार नीतिको व्यापक उल्लंघन गर्दै आफूनिकट हजारौं व्यक्तिलाई अनावश्यक रूपमा सरकारी सेवामा भर्ना गरिरहेको खुलासा भएको छ। हाकिमहरूले सेवा करारको नाममा करिब ३२ हजार कर्मचारीलाई जागिर खुवाएको तथ्य अर्थ मन्त्रालयले उजागर गरेको छ। आफूखुसी भर्ना गरिएका त्यस्ता कर्मचारीलाई तलब खुवाउन मात्रै वार्षिक पाँच अर्ब ५६ करोड खर्च हुने गरेको अर्थले जनाएको ...

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै

संघीय संरचनामा सुरक्षाकर्मी परिचालन गर्न कानुन बनाइँदै
काठमाडौं, १८ चैत। संघीय संरचनाअनुसार सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालय कानुनी मस्यौदा निर्माणको तयारीमा जुटेको छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा शान्तिसुरक्षाका लागि तीन तहको सुरक्षा समिति रहने गरी कानुनी मस्यौदा बनाउन तयारी थालेको हो । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा मस्यौदा निर्माणको पहिलो बैठक बसिसकेको छ । बैठकमा गृहसचिव र सहसचिवहरू सहभागी थिए । बैठकमा नेपाल प्रहरी र स...
error: Content is protected !!