भारतसँग शिर निहुरिने कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री ओली

भारतसँग शिर निहुरिने कुनै सम्झौता गर्दिनँ : प्रधानमन्त्री ओली
काठमाडौं, २१ चैत। प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमाणका एजेन्डाबारे संसद्लाई जानकारी गराएका छन् । उनले भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाए । २३ चैतदेखि हुने भारतको तीनदिने राजकीय भ्रमणबारे मंगलबार संसद्लाई सम्बोधन गर्दै उनले देशलाई अप्ठ्यारो पर्ने र लज्जाबोध हुने कुनै सम्झौता नगर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले नयाँ सम्झौतामा जोड नदिनेसमेत बताए...

देशैभर विप्लवको खोजी

देशैभर विप्लवको खोजी
काठमाडौं, २१ चैत। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई पक्राउ गर्न खोजी तीव्र पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेतालाई जनअदालतमा उपस्थित हुन उर्दी गरेलगत्तै प्रहरीले उनको खोजी तीव्र पारेको छ । एक महिना पहिले जिल्ला अदालत भोजपुरले विप्लवविरुद्ध ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद...

चीन र भारतलाई उछिन्दै नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल

चीन र भारतलाई उछिन्दै नेपाली कफी अन्तर्राष्ट्रिय बजारमै अब्बल
काठमाडौं, २१ चैत । नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो। दुई छिमेकी मुलुक चीन र भारतलाई उछिन्दै सन् २०१८ मा नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा ९० स्कोर (अंक) पाएको हो । अमेरिकामा रहेको कफी कन्सल्टिङ कम्पनीले विभिन्न मापदण्ड बनाएर कफी परीक्षण गरेको थियो । नेपाली कफी विग...

रोकियो ३० अर्ब व्ययभारको स्वैच्छिक अवकाश कार्यक्रम

रोकियो ३० अर्ब व्ययभारको स्वैच्छिक अवकाश कार्यक्रम
काठमाडौं, २१ चैत ।  सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि रोकिने उनले बताए । प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीका लागि भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले स्वैच्छिक अव...

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने

मयुर यातायात रोक्ने समितिको रुट पर्मिट खारेज गरिने
काठमाडौं, २० चैत ।  सिन्डिकेट कायम राख्दै एकलौटी बस चलाउन पाउनुपर्ने माग राखी सेवा अवरुद्ध गर्ने यातायात समितिका बसको रुट परमिट (बाटो इजाजतपत्र) सरकारले खारेज गर्ने भएको छ । साविकको यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमतीले मयुर यातायात प्रालिलाई काठमाडौ-बनेपाको रुट परमिट दिइ उक्त बसले सेवा सुरु गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा समितिहरु आन्दोलनमा उत्रिएपछि स...

प्रधानमन्त्रीको भारत भ्रमणः नेपालको प्राथमिकता सार्क, भारतको चासो बिमस्टेक

प्रधानमन्त्रीको भारत भ्रमणः नेपालको प्राथमिकता सार्क, भारतको चासो बिमस्टेक
काठमाडौं, २० चैत । भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने औपचारिक वार्तामा प्रधानमन्त्री केपी ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलनसहित सार्क प्रक्रिया अघि बढ्नुपर्ने धारणा राख्दै छन् । ओली र मोदीबीच २४ चैतमा नयाँदिल्लीको हैदरावाद हाउसमा औपचारिक वार्ता हुँदै छ । प्रधानमन्त्री ओलीले चीन, नेपाल र भारतबीच त्रिपक्षीय समझदारी नेपालले चाहेको र त्यसले तीनै देशको विकास हु...

नयाँ वर्षदेखि जिल्लास्तरीय कार्यालय खारेज

नयाँ वर्षदेखि जिल्लास्तरीय कार्यालय खारेज
काठमाडौं, २० चैत । संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार। लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । नेपाल समाचारपत्रका अनुसार संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती कार्यालयहरु खारेज गर्न लागिएको छ । यसअघि केन्द्र सरकारको मातहत कार्यालयका रुपमा रहेका ती कार्यालयको क्षेत्राधिकार प्रदेश र स्थानीय तहमा आएपछि खारेज गर्न सरकारले गृहका...

धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री

धर्म प्रचारकप्रति कठोर बन्दै गृहमन्त्री
काठमाडौं, २० चैत । गृहमन्त्री रामबहादुर थापाले धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले राष्ट्रिय एकता संरक्षण गर्दै जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्त्याउने तत्वहरुलाई परास्त गर्नुपर्ने बताए। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिट...

९८ वर्षीय शताब्दी पुरुष जोशीको ठट्टा ‘गाडी कहाँ राख्ने ?’

९८ वर्षीय शताब्दी पुरुष जोशीको ठट्टा ‘गाडी कहाँ राख्ने ?’
ललितपुर, २० चैत । शताब्दी पुरुष डाक्टर सत्यमोहन जोशीले उनकै सम्मानका लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा सोमबार सबैलाई हँसाए। ‘भूकम्पले भत्केको घर त राम्रो बनाउन सकेको छैन। यो मोटर कहाँ लगेर राख्ने हो। तनाव छ’, ९८ वर्षीय जोशीले ललितपुर महानगरले आफूलाई उपलब्ध गराएको गाडी राख्ने स्थान नभएको बताइरहँदा हल हाँसोले गुञ्जियो। जोशीले महानगरको यो सम्मान राख्ने ठाउँ नभएको भन्दै ठट्टा गरेका...

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै

भारत भ्रमणबारे प्रधानमन्त्रीले आज संसद्लाई जानकारी दिँदै
काठमाडौं, २० चैत । २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश...
error: Content is protected !!