संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापाको दमक नगरपालिका–४ मा हायसबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा कमल गाँउपालिका–५ का २१ बर्षीय निर्मल खवास छन् ।

गएराती साढे ९ बजे बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा लड्दा खवास घाइते भएका थिए । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा राती करिव पौने १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

हायस र चालक धनकुटा नगरपालिका–१० का २७ बर्षीय प्रेम कार्कीलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!