संगालोखबर सम्बाददाता

 

Advertisement

मोरङ । मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय रुद्र बहादुर क्षेत्री र ४० बर्षीय पूर्ण बहादुर बोहरा छन् ।

क्षेत्रीको घरमा हतियार लुकाइराखेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्षेत्रीको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु उपर ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अघि बढाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!