संगालोखबर सम्वाददाता

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोकेको हो ।

Advertisement

अहिले रहेका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच बर्षे कार्यकाल २०७९ जेठ ५ गते सकिदैछ । गठबन्धनका केही नेताहरुले स्थानीय तहको निर्वाचन पछि धकेल्नुपर्ने तर्क गरेपछि त्यसको विरोध हुँदै आएको थियो । संविधानले नै स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले समयमै निर्वाचन गर्नुपर्ने भन्दै नेकपा एमालेले माग गर्दै आएको छ ।

निर्वाचन आयोगले पनि समयमै निर्वाचन गर्न यसअघि नै सरकारलाई सिफारिस गरेको थियो । अन्ततः सरकारले हाल रहेका जनप्रतिनिधिहरुको कार्यकाल सकिनु अगावै बैशाख ३० गते नै निर्वाचन गर्ने निर्णय लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!