संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर । मोरङको लेटाङस्थित लालहिरा सामुदायिक वनमा एक बालिकाको शव फेला परेको छ । भोगटेनी नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको हो ।

शव नग्न अवस्थामा फेला परेको र पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका बुधबार दिउँसो ४ बजेदेखि विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी थिइन् । बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए ।

Advertisement

ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले शुक्रबार शव फेला पारेको हो । प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाको विषयमा भन्न सकिने प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक वृद्धसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!