संगालोखबर सम्वाददाता

बझाङ । बझाङको दुर्गाथली गाउँपालिका–५ मा सुन लुट्न नातिले आफ्नै हजुरआमाको हत्या गरेका छन् । ८५ वर्षीया रिखीदेवी जप्रेलको हत्या गरेको आरोपमा उनका नाति २३ वर्षीय सुवास जप्रेललाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

गत भदौ २७ गते बिहान ९ बजे हँसिया प्रहारबाट रिखीदेवीको हत्या भएको थियो । प्रहरीका अनुसार शव फेला परेको घरनजिकै रहेको शौचालयमा पुरुषले लगाउने कपडा रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यसबारे सोधपुछ गर्दा सो कपडा रिखीदेवीकै नाति सुवासको रहेको खुलेको थियो । उनलाई दुर्गाथली–७ स्थित लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

सुवासले हजुरआमाको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । त्यस्तै कानमा रहेको सुनका २ वटा मुन्द्रा र नाकमा रहेको फुली लुटेर सोही दिन बिक्री गरेको पनि स्वीकारेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!