संगालोखबर सम्वाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको गढी गाँउपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा गढी-६ का २५ बर्षीय निराजन राय छन् ।

गएराती को ३ त ३९ नम्बरको ट्याक्टरको डालामा ना ८ प ४३९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै रायको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै मोटरसाइकलको पछाडि सवार गढी–६ कै २७ बर्षीय अक्षय राय घाइते भएका छन् । विराट नर्सिङ्ग होममा उनको उपचार भइरहेको छ ।

Advertisement

मोटरसाइकल र ट्याक्टर ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!