संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता छन् ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जीप चालकसहित ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

Advertisement

को २ च ३९९२ नम्बरको जीप बिहान सवा ८ बजे पैदलयात्री मेहेतालाई ठक्कर दिई अनियन्त्रीत भई सडक छेउको रुखमा गएर ठोकिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!