गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद दिवस र वाढाङमीको अवसरमा सार्वजनिक बिदा दिएको छ । सहिद दिवसको अवसरमा सोमबार र वाढाङमीको अवसरमा मंसिर १२ गते सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

गाउँ कार्यपालिकाले शुक्रबार गरेको निर्णय अनुसार छिन्ताङ्ग हत्याकाण्डमा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान र सम्झनामा मनाइने ४३ औं सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

त्यस्तै किराँत जातिको मुख्य पर्व पापनी (वाढाङमी) को अवसरमा सहिदभूमि गाउँपालिकाले मंसिर १२ गते आइतवार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुमार शाक्यले आइतवार सूचना जारी गर्दै सहिद दिवस र वाढाङमीमा सार्वजनिक विदा दिइएको जनाएका छन् । गाउँपालिकाले सहिद दिवस र वाढाङमीमा हरेक बर्ष सार्वजनिक बिदा दिदै आएको छ ।

२०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङ्गमा भएको साँकृतिक कार्यक्रममा राज्यकोतर्फबाट गोली चलाइदा १६ जनाको हत्या भएको थियो । घटनाको ३८ बर्षपछि २०७४ पुस २८ गते सरकारले घटनामा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गरेको छ ।

यता, नेकपा एमाले धनकुटाले सहिद दिवसको अवसरमा सोमबार छिन्ताङ्गमा सहिद स्मृति सभा आयोजना गरेको छ । कार्यक्रमलाई संवोधन गर्न एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!