संगालोखबर सम्वाददाता

सप्तरी आत्महत्या गर्न सप्तकोशी नदीमा हामफालेका एक व्यक्तिलाई नदीबाट सकुशल उद्धार गरेर निकालिएको छ । झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बुलाई नदीबाट उद्धार गरेर निकालिएको हो ।

Advertisement

उनी बुधबार साँझ करिब ७ बजे सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पुलबाट सप्तकोशी नदीमा हामफालेका थिए ।

हामफालेको देख्नेवित्तिकै उनलाई सशस्त्र प्रहरीले नदीबाट उद्धार गरेर निकालेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएका वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीयको सहयोगमा लिम्बुको उद्धार गरेको हो ।

नदीबाट निकालेर उनलाई सम्झाई बुझाई गरी घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!