संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका­९ मा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खाँदवारीबाट सभाखोलातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ४३० नम्बरको ट्रक बिहान साढे ६ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ट्रकका चालक गोरखाका २४ बर्षीय मिलन मग्रान्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक पल्टिँदा चालक मग्रान्ति गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तुम्लिङटारस्थित मनकामना हस्पिटल पुर्याइएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!