संगालोखबर सम्वाददाता

झापा । झापामा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ । दमक नगरपालिका–१० का ४५ बर्षीय रामकुमार लिम्बुले कुटपिट गर्दा उनकी श्रीमती ४९ बर्षीया घनादेवी आचार्यको मृत्यु भएको हो ।

Advertisement

गत विहिवार लिम्बूको कुटाईबाट घनादेवी घाइते भएकी थिइन् । विराटनगरस्थित नोबेल अस्पतालमा केही समय उपचार गरेपछि थप उपचार सम्भव नहुने डाक्टरले बताएका थिए । उपचार सम्भव नभएपछि घर फर्किने क्रममा शुक्रबार राती ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न लिम्बुलाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!