संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

मोरङ । बिराटनगर महानगरपालिका–४ कंचनबारीमा शुक्रबार साँझ मिनि ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ट्रकको ठक्करबाट सुनसरीको दुहबी–१२ का ५२ बर्षीय रामफल माझीको मृत्यु भएको हो ।

बेलुका सवा ६ बजे कंचनबारीमा को १ क २८७८ नम्बरको मिनि ट्रकले को ३१ प २३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक माझी गम्भीर घाइते भएका थिए । उपचारका लागि नोबेल अस्पताल लगिएका उनको बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

घटनापछि ठक्कर दिने ट्रक र चालक मोरङको बुढीगंगाका ३८ बर्षीय प्रेम न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!