संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरमा ट्राफिक नियम उल्लंघन गरी सवारी कुदाउँदै गर्दा चेकिङ्गमा परेका व्यक्तिले ट्राफिक प्रहरीलाई घुस खुवाउँन खोज्दा पक्राउ परेका छन् । ट्राफिक प्रहरीलाई पैसा दिएर उम्कन खोज्ने उदयपुरको बेलका नगरपालिका–५ का प्रेमकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाई ट्राफिक प्रहरी पोष्ट रामपुरको टोलीले बुधबार साँझ बेलका–५ घुम्नेस्थित मदन भण्डारी लोकमार्गमा सवारी चेकिङ्ग गरिरहेको थियो । सोही क्रममा मादक पदार्थ सेवन गरेर हेल्मेटसमेत नलगाई स्कूटीमा तीन जना यात्रा गरिरहेको भेटियो ।

Advertisement

ट्राफिक नियम उल्लंघन गरेर सवारी कुदाएका राईले ट्राफिक प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोजेर उम्कने कोशिस गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनले सवारी दर्ता किताव र सवारी चालक अनुमति पत्रसमेत बोकेका थिएनन् । घुस दिन खोजेपछि चालक राई र स्कूटीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!