संगालोखबर सम्वाददाता

धनकुटा, २५ साउन । धनकुटाको मुलघाटमा बुधबार दिउँसो मोटरसाईकलको ठक्करबाट एक बालक घाइते भएका छन ।

Advertisement

धनकुटाबाट धरान तर्फ जाँदै गरेको वा.७५ प.९४ नम्बरको मोटरसाईकलको ठक्करबाट खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका–१ का १० बर्षीय सोनु राई घाईते भएका हुन ।

धनकुटा नगरपालिका–९ मुलघाटमा सडक पार गर्ने क्रममा वालकलाई मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट वालकको वाँया खुट्टा भाचिएको छ ।

उनलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।

घटनापछि मोटरसाईकल र चालक झापाको बिर्तामोडका दिवस रिजाललाई मुलघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!