पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् । हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!