फेसवुकबाट चिनजान भएका तिम्सिनाले आफु इन्जिनियर भएको बताएपछि त्यही ‘प्रोफाइल’ का आधारमा शिला उनीसँग निकट भईन । छोटो अवधिमै उनीहरु प्रेमी प्रेमिका बने र बिवाह पनि भयो । बिहेको २ महिनापछि आफ्नो श्रीमानको पहिले नै बिहे भईसकेको र सन्तानसमेत रहेको थाहा पाएपछि शिला छागोबाट खसेजस्तो भईन् ।