संगालोखबर सम्वाददाता
फाइल तस्वीर

बिराटनगर । प्रदेश १ सरकारले सभामुखको सल्लाह विनानै संसद अधिबेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश १ सरकार मन्त्रिपरिषदको बैठकले चालू अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

तर, सभामुख प्रदिप कुमार भण्डारीले भने भोलि दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । सभामुख भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थगित भएको प्रदेश सांसदहरुलाई सुचना दिएका थिए । तर, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज साँझ करिब ४ः४५ बजे प्रदेश सभा सचिवालयलाई पत्र पठाएर प्रदेश सभा अन्त्य गर्न भनेका छन् । प्रदेश प्रमुखको पत्रपछि प्रदेश सभा सचिवालयले प्रदेश सभाको आठौं तथा बजेट अधिवेशन आज राती १२ बजेदेखि अन्त्य भएको जानकारी दिएको छ ।

Advertisement

सभामुखलाई खबरनै नगरी अधिवेशन अन्त्य गर्न सिफारिस गर्नुले सरकार र सभामुखबीचको सम्बन्ध चिसिएको प्रस्ट हुने सत्तारुढ दलकै सांसदहरु बताउँछन् । यता, सभामुख भण्डारीले भने संसद अन्त्य गर्नु सरकारको अधिकारको विषय भएको प्रतिक्रिया दिए । सरकारले आफनो कार्यक्षेत्राधिकार प्रयोग गरेर निर्णय गरेको प्रदेश १ सरकारका प्रबक्ता हिकमत कार्कीले बताए ।

प्रदेशको नामाकरण यसै अधिबेशनबाट टुंग्याउँने उद्घोष गरेका मुख्यमन्त्री शेरधन राईले संसदमा नामको बिषयमा छलफलनै नगराई संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । सरकारकै मन्त्रिहरुले केन्द्रमा पाटीभित्र देखिएको अन्तरबिरोधका कारण संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!