संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३/३, पाँचथर, सोलुखुम्वु र संखुवासभामा १/१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको विर्तामोडमा ४३, कनकाईमा २०, मेचीनगरमा १७, दमकमा १६, शिवसताक्षीमा १३, अर्जुनधारामा १२, बाह्रदशी र बुद्धशान्तिमा ८/८, कमल गाउँपालिकामा ६, भद्रपुरमा ५, गौरादह र स्थानीय तह नखुलेका १/१, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ४२, पथरीशनिश्चरेमा २०, केराबारीमा ११, बेलबारी र उर्लाबारीमा ३/३, लेटाङ, रतुवामाई , बुढीगंगा र मिक्लाजुङमा २/२ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा ६५, धरानमा ३०, इनरुवामा ४, बराहक्षेत्र र रामधुनीमा २/२, गढी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा ५, चुलाचुलीमा ३, माईजोगमाई, माई, सुर्योदय र रोङमा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबासमा २, स्थानीय तह नखुलेका १, भोजपुरको अरुणमा २, भोजपुर नगरपालिका र हतुवागढीमा १/१, तेह्रथुमको आठराईमा २ र लाली गुराँसमा १, उदयपुरमा ३, पाँचथरमा १, सोलुखुम्वुमा १, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ५२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६३ महिला र २६५ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!