संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५५ जनाको पीसीआर परीक्षण गर्दा ३३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा ११३, सुनसरीमा १०८, झापामा ८६, धनकुटामा १४, इलाममा ५, उदयपुरमा ४, संखुवासभामा ३, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

Advertisement

मोरङको विराटनगरमा ४८, बेलबारीमा २४, सुन्दरहरैचामा १७, बुढीगंगा र उर्लाबारीमा ५/५, कटहरी र मिक्लाजुङमा ३/३, लेटाङ, ग्रामथान र पथरीशनिश्चरेमा २/२, कानेपोखरी र केराबारीमा १/१, सुनसरीको इटहरीमा ७५, धरानमा १८, रामधुनीमा ५, बराहक्षेत्र र स्थानीय तह नखुलेका ४/४, इनरुवामा २ जना संक्रमित भएका छन् । त्यस्तै झापाको दमकमाम ५९, भद्रपुरमा ८, विर्तामोडमा ७, हल्दिबारी र कमल गाउँपालिकामा ३/३, गौरादह र मेचीनगरमा २/२, अर्जुनधारा र झापा गाउँपालिकामा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, पाख्रीबास र स्थानीय तह नखुलेका २/२, चौबीसेमा १ जनामा संक्रमण देखिएको हो ।

यता, इलामको इलाम नगरपालिका, माई, चुलाचुली, मांसेबुक र स्थानीय तह नखुलेका १/१, उदयपुरको कटारीमा ३, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारीमा ३, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १/१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ५५४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २६० महिला र २९४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ६ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!