संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमकमा ३२, विर्तामोडमा १९, शिवसताक्षीमा १०, कनकाईमा ७, कमल गाउँपालिकामा ६, मेचीनगर र अर्जुनधारामा ४/४, गौरादहमा ३, भद्रपुर र बुद्धशान्तिमा २/२, हल्दिबारी र झापा गाउँपालिकामा १/१ जना संक्रमित भएका छन् । त्यस्तै मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा २३, पथरीशनिश्चरेमा १५, उर्लाबारीमा ५, कटहरीमा २, सुनबर्षी, ग्रामथान, बुढीगंगा, रतुवामाई र बेलबारीमा १/१, सुनसरीको इटहरीमा ४१, इनरुवा र बराहक्षेत्रमा ४/४, धरानमा ३, रामधुनीमा २, दुहवीमा १ जनामा संक्रमण देखिएको हो ।

यता, पाँचथरको फिदिममा १४, फाल्गुनन्दमा २, हिलिहाङ र फालेलुङमा १/१, इलामको चुलाचुली र इलाम नगरपालिकामा २/२, सुर्योदय र माईमा १/१, तेह्रथुमको फेदापमा २, धनकुटाको पाख्रिबासमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८९ महिला र १९३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!