संगालोखबर सम्बाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षणगर्दा ५२८ र १ हजार ७५३ जनाको एन्टिजेन परीक्षणगर्दा ५४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८१, झापामा १७९, सुनसरीमा १३७, धनकुटामा १०, इलाममा ५, उदयपुर र संखुवासभामा ३/३, पाँचथर र भोजपुरमा २/२ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ ।

Advertisement

मोरङको लेटाङमा ४८, विराटनगरमा ४२, बेलबारीमा २१, सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, केराबारीमा ९, उर्लाबारी र स्थानीय तह नखुलेका ७/७, कानेपोखरीमा ३, ग्रामथानमा २, बुढीगंगा, रंगेली, मिक्लाजुङ र रतुवामाईमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै झापाको विर्तामोडमा ३८, दमकमा २७, भद्रपुरमा २५, कनकाईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १४, मेचीनगरमा १३, बद्धशान्तिमा १५, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ३/३, बाह्रदशीमा २, कमल गाउँपालिकामा १, सुनसरीको इटहरीमा ७५, धरानमा ४८, इनरुवामा ५, बराहक्षेत्रमा ३, दुहवीमा २, हरिनगर, गढी, रामधुनी र बर्जुमा १/१ जनामा संक्रमण देखिएको हो ।

यता, धनकुटाको धनकुटा नगरपालिकामा ७, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १/१, इलामको इलाम नगरपालिकामा ४ र मांसेबुङमा १, उदयपुरमा ३, संखुवासभाको खाँदबारीमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १/१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ४५५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२२ महिला र २३३ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनानएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!