संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का ल्याबमा गरिएको परीक्षणमा प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ३८, दमकमा २७, कनकाईमा २३, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, मेचीनगरमा ८, बुद्धशान्तिमा ६, गौरादह र बाह्रदशीमा ५–५, भद्रपुर र कमल गाउँपालिकामा ३–३, हल्दिबारी र गौरीगञ्जमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । मोरङको सुन्दरहरैंचामा ५५, विराटनगरमा ३६, उर्लाबारीमा १४, मिक्लाजुङमा ४, केराबारीमा ३, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, बुढीगंगा र लेटाङमा १–१ जना संक्रमित भएका छन् ।

सुनसरीको इटहरीमा ८४, धरानमा ५, रामधुनीमा २, भोक्राहानरसिंह, दुहवी र स्थानीय तह नखुलेका १–१, इलामको सुर्योदय र चुलाचुलीमा २–२, इलाम नगरपालिका, सन्दकपुर, माईजोगमाई र मांसेबुङमा १–१, उदयपुरको बेलकामा २, त्रियुगा र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा १–१ जना र पाँचथरको फिदिममा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २७५ महिला र ३०३ पुरुष छन् । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र ९ पुरुष छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!